Skip to main content

लागूऔषधसहित अत्तरीया बजारबाट २ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः कैलालीको अत्तरीया बजारबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ अत्तरीया बजारबाट गोदावरी नगरपालिका–१ भरतपुर बस्ने २७ वर्षीय रमेश पुनमगर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेला बस्ने २७ वर्षकै दिपक ओली लागूऔषधसहित पक्राउ परेका छन्। दुबै जनालाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।