धनगढीः कैलालीको जोशीपुरमा एक घरमा आगलागी भएको छ।
जोशीपुर गाउँपालिका ३ रामनगर स्थित राम कृष्ण डगौराको घरमा बिद्युत सर्ट भएर आइतवार आगलागी भएको हो। आगलागी हुँदा घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा लगायतका सामान गरी अन्दाजी मुल्य १ लाख पैतिस हजार आठ सय बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।