Skip to main content

राष्ट्रियसभा सिट बाँडफाँडबारे छलफल गर्न ओली बालुवाटारमा

Submitted by editor on
ऐजेन्सीहरुको सहयोगमा
केपी शर्मा ओली

काठमाण्डौं : राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिट भागबण्डाको विषयमा छलफल गर्न ओली बालुवाटार पुगेका हुन् । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि सहभागी गराउने विषय प्रधानमन्त्री लचिलो भएपछि उनीहरूबीच भेटवार्ता हुन लागेको हो ।

यसअघि सिट भागबण्डाकै विषयमा गठबन्धन दलबीच बैठक बसेको थियो । बैठक भोलि ९ बजे बस्नेगरी सकिएको छ । रिक्त २० पदका लागि माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ।