Skip to main content

एमाले कञ्चनपुरकी अध्यक्ष बुढा कारको ठक्करबाट घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
लक्ष्मी बुढा

धनगढी : नेकपा एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा सवारी दुर्घटनामा परेकी छन् ।

बुढा सवार सुपप्र ०२००४ प २६९९ स्कुटरलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा शनिबार बिएई ०२९८ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक बिरबहादुर बोहराले बुढा धनगढी तर्फ आइरहेको बेला उनी सवार स्कुटरलाई सोही दिशातर्फ आइरहेको कारले ठक्कर दिदा घाइते भएको बताए ।

बुढाको टाउको र दायाँ हातमा चोट लागेको बताउदै प्रहरी निरीक्षक बोहराले अहिले उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताए ।

कार र चालक धनगढी उपमहानगरपालिका ८ क्याम्पस चोक बस्ने ४५ वर्यीय रामि बहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।