Skip to main content

ससुरालीमा ढलेका कञ्चनपुरका युवकको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
मृत्यु

धनगढी : कैलालीमा ससुराली आएका बेला ढलेर बेहोस् भएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको पुनर्वास नगरपालिका १२ का ३५ वर्षीय नाथ आउजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार गोदावरी नगरपालिका ७ को लालपुरस्थित ससुराली घरमा शनिबार राति साढे १२ बजे आउजी ढलेर बेहोस् भएका थिए ।

उनका साला प्रकाश नागरीले तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याएका थिए । तर उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।