Skip to main content

अछामको साँफेबगर हाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट

Submitted by editor on
ईबिगुल संवाददाता
अछामको साँफेबगर हाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट

अछाम : अछामको साँफेबगर बजारमा भीषण आगलागि भएको छ ।  साँफेबगर नगरपालिकाको वडा नम्बर ३ हाटबजारमा आगलागी भएको हो ।  प्रारम्भिक जानकारी अनुसार आगलागीबाट  होटल, मासुपसल लगायत १० वटा पसल जलेका छ्न । 

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा अहिले आगलागी नियन्त्रणमा आईसकेको छ । क्षतीको एकिन विवरण आइसकेको छैन । बजारमा रहेको एक पसलमा आज बिहान बिजुली सर्ट भएर आगलागी भएको स्थानीयको भनाई छ ।