Skip to main content

नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर

Submitted by editor on
ऐजेन्सीहरुको सहयोगमा
 नेपाल–भारत संयुक्त आयोगक

काठमाडौं : नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्री एनपी साउद र समकक्षी एस जयशंकरको सहभागितामा दुई देशबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको बताए । जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन ।


बैठकमा १३२ केभीका तीन वटा अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको प्रवक्ता राईले बताए । जसमा रसुवा–परवानीपुर, कतैया–कुशवा र नौतनावा र मैनवा रहेका छन । 


त्यस्तै बैठकमा भारतले भूकम्पबाट क्षति भएको संरचनाको पुनःनिर्माण गर्न एक हजार करोड सहयोगको घोषणा गरेको प्रवक्ता राईले बताए । बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा हुनुको साथै आगामी दिनमा यसलाई कसरी सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको उनले बताए ।