Skip to main content

‘रेड बेल्ट’ पाएका सिनियर खेलाडीका लागि राष्ट्रिय स्तरको उसु डिप्लोमा कोर्ष

Submitted by editor on
‘रेड बेल्ट’ पछिका सिनियर खेलाडीहरुलाई प्रशिक्षकको रुपमा उत्पादन गर्न डिप्लोमा कोर्षको आयोजना गरिएको नेपाल उसु संघ सुदूरपश्चिम प्रदेशका निमित्त अध्यक्ष तथा कार्यक्रमका संयोजक राजीव गुप्ताले बताए ।
ईबिगुल संवाददाता
‘रेड बेल्ट’ पछिका सिनियर खेलाडीहरुलाई प्रशिक्षकको रुपमा उत्पादन गर्न डिप्लोमा कोर्षको आयोजना गरिएको नेपाल उसु संघ  सुदूरपश्चिम प्रदेशका निमित्त अध्यक्ष तथा कार्यक्रमका संयोजक राजीव गुप्ताले बताए ।

धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा राष्ट्रिय स्तरको उसु डिप्लोमा कोर्ष सम्पन्न भएको छ । ‘रेड बेल्ट’ पछिका सिनियर खेलाडीहरुलाई प्रशिक्षकको रुपमा उत्पादन गर्न डिप्लोमा कोर्षको आयोजना गरिएको नेपाल उसु संघ  सुदूरपश्चिम प्रदेशका निमित्त अध्यक्ष तथा कार्यक्रमका संयोजक राजीव गुप्ताले बताए ।

राष्ट्रियस्तरको उक्त कोर्षमा बाग्मती, कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सिनियर खेलाडीहरुको सहभागिता रहेको थियो । कोर्षमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सिनियर खेलाडीहरुको पनि सभागिता रहेको थियो । डिप्लोमा कार्षमा ५७ जना र रेफ्रि कोर्षका ४२ जनाको सहभागिता रहेको थियो ।

बैशाख ७ गते देखि १३ गतेसम्म सञ्चालन गरिएको राष्ट्रियस्तरको कोर्षमा सान्दा तर्फ राष्ट्रिय रेफ्रि जुनी राई, थाउलो तर्फ राष्ट्रय रेफ्रि दिपेश तिरुवा, र डिप्लोमा कार्या तर्फ जोन तामाङ उत्कृष्ट भएका छन । तालिममा अन्तराष्ट्रिय रेफ्रिहरु रतन खाती, मञ्जुर महर्जन, गोविन्द शाही, राजेन्द्र बुढाथोकी, अन्तराष्ट्रिय कोच निकेश श्रेष्ठ र साउथ एशीयन रेफ्रि प्रकाश शाहीले प्रशिक्षण दिएका थिए ।

७ दिने डिप्लोमा कोर्षको समापन सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले गरिन । निमित्त प्रदेश अध्यक्ष राजीव गुप्ताको अध्यक्षतामा भएको समापन समारोहमा राज्यमन्त्री खडकाले खेलले देश चिनाउने भएकाले मन्त्रालय खेल क्षेत्रको विकासमा प्रतिवद्ध रहेको बताईन । उनले खेल क्षेत्रलाई मन्त्रालयले प्रार्थमिकतामा राखेको बताईन ।

कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष बीर बहादुर तामाङ, महासचिव लाक्पा लामा सहितका पदाधिकारहरुको पनि उपस्थिति रहेको थियो । यो तालिम लिएका प्रशिक्षकहरुलाई क्वान सञ्चालनको अधिकार हुने गर्दछ ।