धनगढीः धनगढीमा घोडाले हानेर एक बालिका घाइते भएकी छन्।
धनगढी उपमहानगरपालिका–१४ को फूलबारीमा ५ वर्षीय सृष्टि पुरीलाई घोडाले हानेको प्रहरीले जनाएको छ। घोडाले हानेर घाइते भएकी पुरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको मुखमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।