Skip to main content

कैलालीमा सेनाले शंकास्पद वस्तु डिस्पोज गर्दा आफैले तालिमका क्रममा पड्काएको बमको खाली खोका रहेको खुलासा

Submitted by editor on
ईबिगुल संवाददाता
सेना

धनगढीः कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले पड्काएको बमको खोका भएको खुलेको छ।

शनिवार गोदावरी नगरपालिका–४ को काली खोलाको छेउमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शंकास्पद वस्तु भेटिएको सूचनापछि डिस्पोजका लागि नेपाली सेनाको देवीदल गण तेघरीलाई खबर गरेको थियो।

देवीदल गणबाट आएको बम डिस्पोजल टोलीले उक्त वस्तु नेपाली सेनाले तालिमका क्रममा पड्काएको प्यारा बम नामक खाली खोका मात्र रहेको पाइएको जनाएको छ। उक्त खोका ६ महिना अघि तालिमका बेला पड्काएको बमको भएको खुलेको छ।