Skip to main content

प्रधानमन्त्रीको राजीनामा माग्दै सत्तारुढ दल निकटकै विद्यार्थीहरू सडकमा

Submitted by editor on
नेपाल विद्यार्थी संघले

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । नेवि संघले शुक्रबार प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै ‘सिंहदरवार टू बालुवाटार’ मार्चपास गरेको हो ।


दाहाल नेतृत्वको सरकार राज्य आतंक र भ्रष्टाचारविरुद्ध लिप्त भएको आरोप लगाउँदै कांग्रेसको विद्यार्थी नेताहरू सडकमा ओर्लिएका हुन् । उनीहरूले ‘प्रचण्ड सरकार राजीनामा दे, राज्य आतंक बन्द गर, सुन काण्डका नाइकेहरूलाई कारबाही गर, युवा मार्न पाइँदैन, युवालाई रोजगारी दे’ लगायत नारा लगादै प्रदर्शन गरेका थिए ।