Skip to main content

प्रेस स्वतन्त्रताविरोधी हर्कतप्रति पत्रकार महांसघ केन्द्रद्वारा आपत्ति प्रकट

Submitted by editor on
जिम्मेवार पदमा रहेका व्यक्तिको यो शैली प्रेसलाई कुण्ठित गर्ने र बदनाम गराउने मनसाय प्रेरित रहेको स्पष्ट छ’ महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
ईबिगुल संवाददाता
लिलाधर सुवेदी

धनगढी  ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले गरेको प्रेस स्वतन्त्रताविरोधी हर्कतप्रति पत्रकार महांसघ केन्द्रले आपत्ति प्रकट गरेको छ । 

नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रामप्रसाद दाहालले आईतबार प्रेस विज्ञप्ती प्रकासित गर्दै आपत्ती प्रकट गरेका हुन । ‘सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीबाट सामाजिक सञ्जालमा समग्र पत्रकारिता क्षेत्र र संचारगृहलाई लक्षित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा भनिएको छ । 

वैशाख २० गते शनिबार अन्नपूर्ण पोष्ट दैनिक र धनगढीको ईविगुल डटकमको समाचार लिंक शेयर गर्दै सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भनी फेसबुकमा स्ट्याटस लेखेको थिए ।

‘पत्रकारले लेखेको समाचारमा चित्त नबुझे या मिडिया हाउसको व्यवहारप्रति गुनासो भए त्यसउपर विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रचलित अभ्यास छ । त्यसविपरीत जिम्मेवार पदमा रहेका व्यक्तिको यो शैली प्रेसलाई कुण्ठित गर्ने र बदनाम गराउने मनसाय प्रेरित रहेको स्पष्ट छ’ महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘महासंघ प्रेस स्वतन्त्रता विरोधी यो हर्कतप्रति आपत्ति प्रकट गर्दछ । प्रेसको संवैधानिक सुनिश्चितताको ख्याल राखी सम्मान गर्न, कुनै पनि वहानामा पत्रकारलाई हतोत्साहित र बदनाम बनाउने यस्ता हर्कत दोहोरिन नदिनेतर्फ कडा कदम चाल्न सम्बन्धित पक्षसंग जोडदार माग गर्दछ’ विज्ञप्तीमा अगाडि भनिएको छ ।