Skip to main content

धनगढीमा सेती अस्पतालद्धारा निस्शुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन

Submitted by editor on
ईबिगुल संवाददाता
seti

धनगढी: सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा निस्शुल्क प्लास्टिक सर्जरी (अपरेसन) शिविर सञ्चालन हुने भएको छ।

अस्पतालमा असार ९ गते बिहान १० बजेदेखि बिरामीको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिने फेक्ट(नेपाल, रिसर्च परियोजनाका फिल्ड संयोजक कैलाश खाकी श्रेष्ठले बताए।

शिविरमार्फत जन्मजात तथा दुर्घटनाबाट ग्रस्त व्यक्तिहरूको निस्शुल्क उपचार गरिनेछ।
शिविरमा ओठ तथा तालु (मुखभित्र जिब्रोमुनि माथि) चिरिएका व्यक्तिहरू, आगोले पोलिएको शरीरको एक भाग अर्को भागसँग जोडिएको(पोस्ट बर्न कन्ट्र्याक्चर), जन्मजात औँला जोडिएका वा बढी भएका, पहिले अपरेशन गरेर पनि पूर्ण सुधार नआएका बिरामी, नाक, कान, हात, खुट्टा लगायत शारीरिक अङ्गका जन्मजात विकृति भएका बिरामीको उपचार गरिने श्रेष्ठले बताए।

कार्यक्रम सेती प्रादेशिक अस्पताल, धनगढी र फेक्ट नेपाल तथा काठमाडौँको कीर्तिपुर अस्पतालको संयुक्त आयोजनामा सञ्चालन हुनेछ।

शिविरमा सहभागी हुन चाहने बिरामीहरूलाई तोकिएको मितिमा उपस्थित भई प्रारम्भिक जाँच गराउन अनुरोध गरिएको छ। थप जानकारीका लागि फोन नम्बर ९८५८२०६०६०, ९८५८२३३२७५, वा ९८४७७३७३७७ मा सम्पर्क गर्न सकिनेछ।