Skip to main content

लागूऔषधसहित धनगढीमा २ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय बिक्रम विक र अछामको साँफेबगर नगरपालिका–३ बस्ने २२ वर्षीय हेमराज कुँवर लागूऔषधसहित पक्राउ परेका हुन्।

उनीहरुको साथबाट ८ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइनफेला पारी उक्त पदार्थसहित दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।