धनगढीः धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने १९ वर्षीय दिपेन्द्र डगौरा र २४ वर्षीय अंजित डगौरा लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्। २ ग्राम १२० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।