Skip to main content

धनगढी उपमहानगरको वडा क्लिनिकमा ५७४ जनाले लिए विषेशज्ञ सेवा (फोटोफिचर)

Submitted by editor on
ईबिगुल संवाददाता
डा स्वास्थ्य क्लिनिक

धनगढी : धनगढी उपमहानगरपालिकाले वडा नम्बर १८ र १९ मा सञ्चालन गरेका विषेशज्ञ चिकित्सक सहितको वडा स्वास्थ्य क्लिनिकमा ५७४ जनाले सेवा लिएका छन । 

उपमहानरपालिकाको स्वास्थ्य शाखाले दिएको जनाकारी अनुसार असार १ गते वडा नम्बर १९ स्थिति स्वास्थ्य चौकीमा क्लिनिकको आयोजना गरिएको थियो । उक्त क्लिनिककमा ३४२ जनाले स्वास्थ्य परिक्षण गराएका छन । 

वडा नम्बर १९ मा आयोजना गरिएको विषेशज्ञ सहितको वडा स्वास्थ्य क्लिनिकमा १२० जना महिला र ४४ जना नयाँ पुरुषको स्वास्थ्य चेकजाँच गरिएको थियो भने उक्त क्लिनिकमा १७८ जना पुराना विरामीको फलोअप चेकजाँच गरिएको उपमहानगरले जनाएको छ । 

यस्तै असार २ गते वडा नम्बर १८ को विषेशज्ञ सहितको वडा स्वास्थ्य क्लिनिक फुलवारीको डिपो बजारमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको थियो । उक्त क्लिनिकमा २३२ जनाले विषेशज्ञ सेवा लिएका छन । 

शिविरमा ७६ महिला र २० जना नयाँ पुरुष गरी ९६ जना र ८५ महिला र ५१ पुरुष गरी १३६ जनाले फलोअप चेकजाँच गराएका थिए । धनगढी उपमहानगरपालिकामा गोपाल हमाल मेयरमा जितेपछि हरेक वडामा महिनामा एक पटक विषेशज्ञ चिकित्सक सहितको वडा स्वास्थ्य क्लिनिक सञ्चालन हुँदै आएको छ ।

वडामा जनरल फिजिसियन, स्त्रि रोग र नेत्र रोग विषेशज्ञको सेवा उपलब्ध हुदै आएको छ । वडा क्लिनिकमा बढीजसो गर्भवती महिलाहरु, जेष्ठ नागरिकहरुको सहभागिता रहदै आएको छ । उपमहानगरले वडामै पोर्टेबल प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ । प्रयोगशालामा ७० वर्ष भन्दा माथिका १५० जना भन्दा बढी जेष्ठ नागरिहरुले सेवा लिएका छन ।