Skip to main content

मुुख्यमन्त्री शाहले गरे पश्चिमसेतीको निरिक्षण (फोटोफिचर)

Submitted by editor on
शिवराज भट्ट
पश्चिमसेती

धनगढी : ७५० मेगावाट क्षमताको पश्चिमसेती र ४५० मेगावाटको (सेती रिभर) एसआर–६ जलविद्युत परियोजनाको सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले स्थलगत निरिक्षण गरेका छन । शुक्रबार मुख्यमन्त्री शाह सहितको टोली पश्चिमसेतीको निर्माणस्थल पुुगेको हो । 


मुुख्यमन्त्री शाहले परियोजनाको निर्माण कम्पनी एनएचपिसीका महाप्रबन्धक प्रकाश चन्द उपाध्यायसँग पनि भेटघाट गरेका छन । मुख्यमन्त्री शाहले महाप्रबन्धक उपाध्यायलाई परियोजनाको काम छिटो छरितो गर्न आग्रह गरे ।


मुख्यमन्त्री शाहले रातापड–लुवाखडी सुरुङको काम सुरुवात गर्नका लागि पहिलो चरणको माटो परिक्षण गर्ने ठाउँको स्थलगत निरिक्षण समेत गरेका छन । उनले माटो परिक्षण कार्यको उद्घाटन समेत गरे । यो परियोजना लगानी बोर्डबाट स्वीकृति भएर भारतीय कम्पनी एचएचपिसीलाई निर्माणको जिम्मा दिईएको छ । 


४ दशक देखि पश्चिमसेती बन्ने वा नबन्ने अन्यौलता रहेका बेला भारतीय कम्पनी एनएचपिसीले निर्माणको जिम्मा पाएपछि परियोजना बन्ने आशा पलाएको छ । मुख्यमन्त्री शाह संगै प्रदेश सभा सदस्य बिक्रम सिह धामी, सुदुरपश्चिम प्रदेशका प्रमुख सचिव डा हरि प्रसाद लम्साल, शिखर नगरपालिका डोटिका प्रमुख दिर्घ बलायर पनि स्थलगत निरिक्षणमा गएका थिए । 


चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र परेको आयोजना एनएचपीसीलाई दिन सरकारले २०७८ को चैतबाटै गृहकार्य गरेको थियो । २०७९ सालको साउनमा परियोजना एनएचपिसीलाई दिने सम्झौता भएको थियो । 


त्यस अघि ४० वर्ष जति अल्झाएको अष्ट्रेलियन कम्पनी स्मेक र त्यसपछि केही वर्ष चिनियाँ कम्पनी थ्री गर्जेजेले समेत बनाउन नसकेको आयोजना भारतीय सरकारी कम्पनी एनएचपिसीलाई दिईएको हो । 


आयोजनाको निर्माण मोडालिटी टुंग्याउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजक्तमा एक समिति बनाइएको थियो । समितिले जलाशययुक्त पश्चिम सेती आयोजनामा मात्र विदेशी लगानीकर्ताले चासो दिने गरी पश्चिम सेती र अर्को जलाशययुक्त परियोजना ‘एसआर–६’ एउटै प्याकेजमा बनाउन सकिने सुझाव दिएको थियो ।