धनगढी : भारतको एकहप्ता लामो भ्रमण सकेर मंगलबार अपरान्ह स्वेदश फर्केका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रमण निकै फलदायी भएको बताएका छन ।
गौरीफन्टा नाका हुदै स्थलमार्गबाट स्वदेश फर्केका मुख्यमन्त्री शाहले, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन । ‘भारतको राजधानी दिल्ली, उत्तराखण्ड र उत्तरप्रदेशका विभिन्न स्थानको अवलोकन भ्रमण गरियो, कृषि, पर्यटन, जलस्रोत, सीमा सुरक्षा, सीमा क्षेत्रका समस्याका बारेमा समकक्षीहरुसँग छलफल भयो’ मुख्यमन्त्री शाहले भने ।
सुदूरपश्चिमको विकासका लागि भारतीय पक्ष सकारात्मक रहेको पनि मुख्यमन्त्री शाहको भनाई थियो । ‘दार्चुलाको पुल छिटो सञ्चालनका लागि उत्तराखण्डका मुख्यमन्त्रीलाई आग्रह गरेका छु। उहाँले छिट्टै पुल सञ्चालन गराउने प्रतिवद्धता गर्नु भएको छ । जोगबुडा र झुलाघाटको पुलको कुरा पनि गरेको छस । त्यसमा भारतीय पक्ष सकारात्मक छ’ मुख्यमन्त्री शाहले भने ।
मुख्यमन्त्री शाहले भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ, उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिहं धामी र अन्य मन्त्रीहरु सित भेटवार्ता गरेको बताए । भेटका क्रममा पुरानै योजना कार्यान्वयन र सुदुरपश्चिमको कृषी तथा पर्यटनको बिकास बारे छलफल भएको उनको भनाई थियो ।
मुख्यमन्त्री शाहले सीमा–सरक्षाका साथै आप्रवासी नेपालीको हित प्रबद्र्धन, कृषी एवं धार्मिक सास्ंकृतिक सहकार्य, पर्यटन प्रबद्र्धन, ज्ञान तथा प्रबिधिमा सहकार्य र उर्जामा सम्भावित लगानीका बिषयमा सवांद भएको बताए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सगंको भेटमा खक्रौला–तिकुनिया र कञ्चनपुरको बेलौरी–खजुरिया सडक स्तरोन्नतीका लागी आग्रह गरिएको मुख्यमन्त्री शाहले बताए ।
मुख्यमन्त्री शाहले सुदुरपश्चिमका सीमा नाकाहरुमा लागुऔषधको ब्यापार रोक्न पनि आग्रह गरिएको बताए । भ्रमणले भारतका प्रदेशहरुमा लागु भएका योजना अनुगमनबाट सिकाइको अवशर प्राप्त भएको उनको दाबी थियो ।
उनले उत्तराखण्डका मुख्यमन्त्री धामी र उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथलाई सुदूरपश्चिम भ्रमणको निम्तो समेत दिएको बताए । ‘दुबै जनाले आउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ’ मृख्यमन्त्री शाहले भने ।