Skip to main content

कैलालीमा पूर्व पश्चिम राजमार्ग बन्द

Submitted by editor on
ईबिगुल संवाददाता
 पूर्व पश्चिम राजमार्ग

धनगढी : कैलालीमा पूर्व पश्चिम राजमार्ग बन्द गरिएको छ ।  जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरिया बजार क्षेत्रमा राजमार्ग बन्द गरिएको हो।सोमबार घोडाघोडी नगरपालिका–२ जनकपुरमा हाइस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा गौरीगंगा नगरपालिका–११ का ४५ वर्षीय नरबहादुर कडायतको मृत्यु भएपछि स्थानीय र उनका आफन्तले क्षतिपूर्ति र कारबाहीको माग गर्दै राजमार्ग बन्द गरिएको छ ।

मसुरीयामा बिहान ९ः५० देखि नै राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा अहिले यात्रुहरू अलपत्र परेका छन् । प्रहरीले पीडित पक्ष र हायस धनीको बिचमा छलफल जारी रहेको बताएको छ।

सोमवार बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार कडायतको मृत्यु भएको थियो । प्रहरीले चालक लम्की चुहा नगरपालिका–१ का राजेश चौधरी र हायसलाई नियन्त्रणमा लिएको छ ।