Skip to main content

निशुल्क क्यान्सर हेल्थ क्याम्पबाट १९१ जनाले लिए सेवा

Submitted by editor on
ईबिगुल संवाददाता
निशुल्क क्यान्सर हेल्थ

धनगढी : धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको निशुल्क क्यान्सर हेल्थ क्याम्पमा १९१ जनाले सेवा लिएका छन । धनगढी उप­महानगरपालिका, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाकेसँग सहकार्य गरेर निशुल्क क्यान्सर हेल्थ क्याम्प सञ्चालन गर्दै आएको छ ।


शनिबार भएको शिविरमा १३८ महिला र ५३ पुरुष गरी  १९१ जनाले सेवा लिएका छन । ६३ महिलाको भीआईएबाट पाठेघरको क्यान्सरको जाच गर्दा ३ जनामा पोजेटिभ देखिएको छ भने १० जना क्यान्सर हुनसक्ने आशंका गरिएका, स्तनमा गाठागुठी भएका ६ जनालाई थप उपचारका लागि रेफर गरिएको छ ।


यस्तै घाँटीमा गाठागुठी भएका १ जना,  लामो समयदेखि सञ्चो नभएका घाउका बिरामी २ जना, पेटमा गाठागुठी भएका १ जना बिरामीलाई पनि थप जाचको लागी रेफर गरिएको छ । ४ जना क्यान्सर भएका बिरामीहरुले फलोअप सेवा लिएका छन ।


क्याम्पमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डा. निरज भट्टराइ, मेडिकल अन्कोलोजिस्ट डा. साजन थापा, रेडियोलोजी अन्कोलोजिस्ट डा. मुकेश यादव, सर्जन डा. बिपिन गुरागाइ, मेडिकल अफिस द्वय डा. चिरन्जिवि र डा. राम नाथ  लगायतको स्वास्थ्यकर्मीको टोली सहभागि थियो ।