Skip to main content

राष्ट्रियसभा निर्वाचनका लागि गठनबन्धभीत्र सीट बाँडफाँट

Submitted by editor on
ईबिगुल संवाददाता
सत्ता गठबन्धन

काठमाडौं : सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाएको छ । बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धन दलको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको हो । 


जसअनुसार  नेपाली कांग्रेस १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी पार्टी २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका छन् ।  बैठकपछि नेपाली कांग्रेसका मुख्य सचेतक  रमेश लेखकले सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट टंगिएको बताए । लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र केहि स्थानका लागि पनि छिटै टुंगो लाग्ने बताए । सिट बाँडफाँटमा सहमति भएसँगै दलहरुले आन्तरिक छलफल गरेर उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरेका छन् ।

 

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूलाई तीन सिट दिनु पर्ने अडान राखेका थिए । तर उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवाले दुई सिट मात्रै दिन सकिने बताउँदै  आए पछि नेपालले असन्तुष्टी पोखेका थिए ।