Skip to main content

निर्मला पन्त हत्या प्रकरण : पत्रकार खेम भण्डारीलाई जरिवानासहित एक महिना कैद फैसला

Submitted by editor on
ईबिगुल संवाददाता
पत्रकार खेम भण्डारी

धनगढी : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको क्रममा गाली बेज्जती मुद्दा अन्तरगत पत्रकार खेम भण्डारीलाई जरिवानासहित कैद सजाय सुनाइएको छ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिहीवारको इजलासले मुद्दाको सुनुवाई गर्दै भण्डारीलाई एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय फैसला सुनाइएको हो। जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेका थिए।

भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप लगाउँदै आएका थिए । त्यसै मुद्दामा उनलाई कैद सजाय सुुनाइएको हो। वि।सं। २०७५ साल साउन १० गते उल्टाखाममा महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो। अदालतको फैसला आएपछि पत्रकार भण्डारीले अदालतको फैसलाको सम्मान गर्ने र जिल्लाको फैसला विरुद्द तत्काल माथिल्लो अदालतमा जाने तयारी प्रतिक्रिया दिएका छन्।