Skip to main content

विधेयक पारित भएपछि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा दिपावली

Submitted by editor on
ईबिगुल संवाददाता
गेटामा दिप प्रज्वलन

धनगढी : प्रतिनिधि सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विद्येयक पारित भएको खुसीयालीमा गेटामा दिप प्रज्वलन सहित दिपावली गरिएको छ ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले विद्येयक पारित भएको खुसीयालीमा स्थानीयहरुले दिप प्रज्वलन गरेको हो । साथै गेटा मेडिकल कलेज अगाडी देउडा खेल समेत खेलिएको छ ।

संघर्ष समितिका संयोजक लोकराज भट्ट ‘आगो’ले प्रतिनिधि सभाबाट विद्येयक पारित भएकोमा खुसी व्यक्त गर्दै यसै शैक्षिक सत्रमा एमबीबीएसको अध्ययन हुनुपर्ने मागगरे ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आएपछि राजनीतिक अखडा, कार्यकर्ता र छोराछोरी र भर्ती केन्द्रका रुपमा विकास नगरोस् भन्नेतर्फ सचेत समेत गराएका छन् ।

लामो समयदेखि अगाडि बढ्न नसकेको शहीख दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन सम्बन्धी विधेयक आइतबार प्रतिनिधि सभाबाट पारित भएपछि विश्वविद्यालय बन्ने भन्दै सुदूरपश्चिममा खुसीयाली छाएको छ ।