Skip to main content

मेडिकल विश्वविद्यालय विधेयक पारित भएपछि सुदूरपश्चिममा खुसीयाली

Submitted by editor on
दार्चुला बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्ण सिह साउदले पनि फेसबुकमा स्टाटस लेख्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन ।
शिवराज भट्ट
गेटा अस्पताल

धनगढी : ‘शहीद दरसथ चन्दलाई सत् सत नमन । शहीद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना’ प्रधामन्त्री केपी शर्मा ओली, शिक्षा मन्त्री रघुजी पन्त, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वमन्त्री लेखराज भट्ट, प्रतिनिधि सभाको शिक्षा तथा प्रविधि समितिका सभापति अमर थापा, पुर्व शिक्षामन्त्रीहरु सहित धेरै जनाको नाम लेख्दै पूर्व सासद दिपक प्रकाश भट्टले फेसबुकमा सबैलाई बधाई दिएका छन । 

उनले देशका ६ प्रदेशमा नीजि र सरकारी गरी २१ वटा मेडिकल कलेज र ८ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेका बेला बल्ल सुदूरपश्चिममा मेडिकल विश्वविद्यालयको स्थापना भयो । अब यसैवर्ष ३ सय शैय्याको अस्पताल सञ्चालन गरेर चिकित्सा शिक्षाको अध्यापन हुनुपर्ने उनको माग छ ।  उनले सेती, महाकाली र टीकापुर प्रादेशीक अस्पतालहरुलाई संघमा लगेर मेडिकल शिक्षाको हब बनाउन पनि अपिल गरेका छन ।

दार्चुला बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्ण सिह साउदले पनि फेसबुकमा स्टाटस लेख्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन । ‘नेपालीका लागि खुसीको खबर, शहीद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभा बाट पारित भएको छ । सबैलाई हार्दिक बधाई छ’ साउदले फेसबुकमा लेखेका छन ।

माओवादीका युवा नेता गोकर्ण भट्टले गेटामा मेडिकल विश्वविद्यालय बनाउने निर्णय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा भएको भन्दै सुदूरपश्चिमबासी सबैलाई बधाई दिएका छन । गेटाको भौतिक संरचना निर्माणको इतिहास लेख्दै उनले लेखेका छन, ‘प्रधामन्त्रीका रुपमा अध्यक्ष प्रचण्डले तेस्रो कार्यकालमा गेटा मेडिकल कलेजलाई शहीद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्ने निर्णय भएको हो ।’ 

मेडिकल विश्वविद्यालयको विधेयक बारे सुदूरपश्चिमका अधिकांस ब्यक्तिका वालमा विभिन्न प्रतिक्रिया आएका छन । अधिकांसले वर्तमान सरकार, पूर्व प्रधानमन्त्रीहरु, माननीयहरु र सबैलाई बधाई तथा शुभकामना दिइएको छ ।

आईतबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आईतबारको संसदमा शहीद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारितको प्रस्ताव राखेका थिए । उक्त विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । राष्टिय सभाबाट २०८० सालको कार्तिकमै पारित भएर प्रतिनिधि सभाको शिक्षा विज्ञान तथा प्रविधि समितिमा रहेको उक्त विधेयक २९ वटा संसोधन सहित पारित भएको हो ।

पारित भएको विधेयकमा प्रधानमन्त्री विश्वविद्यालयको कुलपती, शिक्षामन्त्री र स्वास्थ्यमन्त्री सह कुलपति र एकजना उपकुलपति रहने प्रावधान गरिएको छ । विधेयक प्रमाणिकरण भएको ३१ दिनपछि प्रारम्भ हुने जनाइएको छ ।