Skip to main content

सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथि प्रतिपक्षले सुधार गर्न माग

Submitted by editor on
ईबिगुल संवाददाता
(बजेट) को सिद्धान्त र प्राथमिकता

धनगढी :  सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) को सिद्धान्त र प्राथमिकतामा प्रतिपक्षले सुधार गर्न माग गरेका छन्। आर्थिक वर्ष २०८२/८३ को बजेटका सिद्धान्त र प्राथमिकतामाथि सदनमा छलफल गर्दा प्रतिपक्षले भने आलोचना गरेका छन्।  

सत्तापक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डम्मरी महराले समग्र प्रदेशको विकासका लागि बजेटको सिद्धान्त र प्राथमिकता उचित रहेको बताईन। यो निष्पक्ष र पारदर्शी रहेको भन्दै उनले बहुमतले पारित गर्नका लागि आग्रह गरेकी छन।

त्यस्तै नेकपा (एमाले) का प्रमुख सचेतक चक्र मल्लले युगलाई बुझेर सिद्धान्त र प्राथमिकता आएको भन्दै यसलाई बजेटसँग तादम्यता दिनुपर्ने औँल्याए। विगतमा सिद्धान्त एउटा, प्राथमिकता अर्को र बजेट अर्कै आएको भन्दै उनले अहिले प्रस्ट रूपमा सिद्धान्त र प्राथमिकता आएको भन्दै समर्थन जनाए।

प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य रमेशसिंह धामीले संविधानतः टेक्ने ठाउँ सिद्धान्त र प्राथमिकतामा नरहेको भन्दै बहुमतले अस्वीकृत गर्न आग्रह गरेका छन। विषयवस्तुमा सबै कुरा समेट्न खोजे पनि बजेटमा त्यो समेटिने कुनै ग्यारेन्टी नरहेको उनको जिकिर थियो।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य माया भट्टले सिद्धान्त र प्राथमिकता तर्कसङ्गत छ वा छैन त्यो खोज्न जरुरी रहेको बताएकी छन।

छलफलको क्रममा उठेको विषयमा जवाफ दिदै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले समावेशी, सन्तुलित बजेट निर्माण होस् भनेर सिद्धान्त र प्राथमिकताका केही आधार बनाएर प्रस्तुत गरेको बताए।

सबैको भावनालाई समेटेर आगामी बजेट बनाइने उनको  दाबी छ। झआर्थिक वर्ष २०८१र८२ को बजेटको अनुभव राम्रो छैन । कारण वश दुई वटा बजेट प्रस्तुत भयो,ञ उनले भन, झअबको बजेटमा त्यस्तो जटिलता हुनु हुँदैन।