धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्व ४७ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले आईतबार अबेर रातीसम्म सुदूरपश्चिम प्रदेश सभामा २०८२÷८३ को बजेट प्रस्तुत गरेका हुन ।
प्रदेश सरकारले कुल बजेट ३३ अर्व ४७ करोड ६० लाख ४८ हजार मध्ये ५९ दसमलव २५ प्रतिसत अथवा १९ अर्व ८३ करोड २ लाख ६ हजार रकम पूँजीगत तर्फ विनियोजन गरेको छ । यस्तै चालु तर्फ १० अर्व २० करोड ८१ लाख ८२ हजार रकम विनियोजन गरेको छ । यो कुल बजेटको ३० दसमलव ४९ प्रतिसत हो ।
सुदूरपश्चिममा सत्तारुढ दलहरुकै बीचमा बजेट बारे कुरा नमिल्दा दिउसो १ बजृेका लागि प्रस्तुत हुने भनिएको बजेट अपरान्ह ५ बजे हुदै ७ बजेसम्मका लागि सरेको थियो । बेलुकीको ७ बजे बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले बजेट प्रस्तुत गरेका हुन ।
बजेटमा भौतिक पुर्वाधार मन्त्रालयका लागि मात्रै १५ अर्व ४० करोड रकम विनियोजन गरिएको छ । यो भनेको प्रस्तुत बजेटको आधा भन्दा थोरै कम हो । भौतिक पुर्वाधार मन्त्री र मुख्यमन्त्रीका बीचमा बजेटको सिलिङमा कुरा नमिल्दा बजेट प्रस्तुत गर्ने कार्य पनि ढिला भएको बताइएको छ ।
आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले भौतिक पुर्वाधार र भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय बाहेकका मन्त्रालयको कुल बजेट नै कति हो भन्ने कुरा बजेट बक्तब्यमै समेटन सकेनन ।
भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका लागि भने ३ अर्व ३० करोड १० लाख रकम विनियोजन गरिएको छ । संसदको बजेट भाषण बजेटको अंक भन्दा पनि सैद्धान्तीक भाषण जस्तो देखिएको थियो । बजेटमा खासै नया कुरा समेटिन सकेका छैनन । कृषिका केही कार्यक्रमहरु आकर्षक देखिए पनि अरु मन्त्रालयका बजेटमा परम्परागत शैली नै देखिएको छ ।
कार्यक्रमहरु समेटिएपनि कति बजेटका हन भन्ने कुरा पनि बजेट बक्तब्यमा नआउदा बजेट भाषण खल्लो जस्तै भएको थियो । कृषि तर्फ भने प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमा हरेक निर्वाचनमा २ बाली उत्पादनका लागि बजेट विनियोजन गरिएको छ ।
खेलकुद तर्फ एक जिल्ला एक क्रिकेट मैदानका लागि १ करोड ३५ लाख विनिया्जन गरिएको छ । कैलालीको टीकाुपुर र कञ्चनपुरको महाकाली प्रादेशीक अस्पतालमा मानसिक स्वास्थ्यको जनशक्ति थपिने बाहेक स्वास्थ्यको क्षेत्रमा पनि नयाँ खासै कार्यक्रम देखिएन ।
लागु औषध नियन्त्रण, शिशु कक्षाका शिक्षकलाई तालिम, कर्मचारी तालिम, अध्ययन अनुसन्धान जस्ता शैद्धान्तीक भाषणले बजेट भाषण खासै दमदार नआएको प्रतिक्रियाहरु आउन थालेका छन ।
कार्यक्रम अनुसार बजेट अंकमा नआउदा हतार हतारमा बजेट बक्तब्य तयार पारेको प्रष्ट झल्किन्थ्यो । केही मन्त्रालयहरुले शनिबार मात्रै बजेटको सिलिङ दिएकाले बक्तब्यमा दिनुपर्ने धेरै कुराहरु छुटेका थिए ।
आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले प्रस्तुत गरेको बजेट प्रणालीका चुनौतीबाटै पनि प्रदेशको बजेट दमदार नआएको भान हुन्थ्यो । उनले विगतको बजेटले प्रतिफल दिन नसकेको, आन्तरिक राजश्य संकलन बढाउन नसकेको, बहुबर्षिय योजनाहरुमा बजेटको अभाव हुने गरेको, जस्ता चुनौती औंल्याएका थिए ।