Skip to main content

जब धनगढी ल्याण्ड हुनै लागेका दुईटा जहाजलाई सुर्खेत डायभर्ट गरियो ...

Submitted by editor on
ईबिगुल संवाददाता
बुद्ध एयर

धनगढी : २ मिनेटको फरकमा काठडमाण्डौंबाट धनगढीका उडेका बुद्ध एयर र श्री एयरलाईन्सका दुबै जहाज सुर्खेत डाईभर्ट गरिएका छन । विहानको समयमा हुस्सु लागि रहने धनगढी विमानस्थल विहान खुलेको थियो । विमानस्थल खुलेको जानकारी गराईए पछि दुबै जहाज काठमाण्डौंबाट धनगढीका लागि उडेका थिए । 

काठमाण्डौंबाट विहान ९ः४० मा बुद्ध एयरको उडान संख्या २५१ र र ९ः४२ मा उडान संख्या २२१ रहेको श्री एयरलाईन्सको विमान धनगढीका लागि उडे । त्यतीबेला धनगढीको विमानस्थलमा अवतरण गर्ने अवस्थामा थिया ।

‘पश्चिमी बायुको प्रभावले एक घण्टामै झ्यापझुप हुस्सु आयो । विमानस्थल बन्द भयो, हाम्रो जहाज कर्णाली नदीको आसपासको आकासमा थियो, १० मिनेट होल्ड गरियो तर खुल्ने जस्तो नदेखिएपछि सुर्खेत डाईभर्ट गरियो’ बुद्ध एयरका स्टेशन म्यानेजर बुधराम माझीले भने । उनले सुर्खेतमा राम्रो मौसम रहेकाले सहजै अवतरण भएको र धनगढी खुलेपछि यता उडाउने बारे कुराकानी भईरहेको जानकारी दिए ।

यस्तै श्री एयरलाईन्सको जहाज पनि घोडाघोडीको आकासमा पुगिसकेका थियो । धनगढी विमानस्थल अचानक बन्द भएपछि सुर्खेत डाईभर्ट गरिएको श्री एयरका स्टेशन म्यानेजर गजेन्द्र शाहीले बताए । समाचार तयार पार्दापार्दै धनगढीको विमानस्थल खुली सकेको छ । केही बेरमा दुबै जहाज धनगढीका लागि उडने बताईएको छ ।