धनगढी : कैलालीमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ बालुवाटारबाट २३ वर्षीय अम्मर शाहीसहित पाँच जना पक्राउ परेका हुन्।
लम्की–चुहा नगरपालिका–१ का शाहको साथबाट एक ग्राम ८०० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले बताएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय, टीकापुरको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका पाँच जनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दै छ।