Skip to main content

गड्डाचौकीबाट १ लाख २ हजार १५० बराबरको भन्सार छलीको सामान बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
भन्सार छली

कञ्चनपुरः कञ्चनपुरको गड्डाचौकीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख २ हजार १५० बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ। भन्सार छलीको कस्मेटिक, हाडवेयर, किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाईएको जनाएको छ।