Skip to main content

२ लाख १८ हजारको भन्सार छलीको सामान कञ्चनपुरबाट बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
 भन्सार छली

कञ्चनपुरः कञ्चनपुरबाट २ लाख १८ हजारको भन्सार छलीको सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका(१० गड्डाचौकीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख १८ हजार ५६० बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो। भन्सार छलीको बिभिन्न किसिमका कपडा तथा किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको भन्सार कार्यालय गडडाचौकी कञ्चनपुरमा बुझाएको जनाएको छ।