Skip to main content

गेटा आँखा अस्पतालको २५ औं शाखा बाजुराको कोल्टीमा

Submitted by editor on
ईबिगुल संवाददाता
आँखा अस्पताल

बाजुरा : सुदूरपश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालले बाजुराको कोल्टीमा आँखा उपचार केन्द्र सुरु गरेको छ ।

बुढीनन्दा नगरपालिकाको सहकार्य तथा सेभा क्यानाडाको सहयोगमा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका, हिमाली र स्वामीकार्तिक गाँउपालिकालाई लक्षित गर्दै आँखा उपचार केन्द्र स्थापना भएको गेटा आँखा अस्पतालका बाह्य सम्पर्क अधिकृत रमेशचन्द्र भट्टले बताए ।

उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचार चश्मा उपलब्ध गराउनको साथै सामान्य शल्यक्रिया सेवा र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिनेछ ।

आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परिक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरि गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परिक्षण र आवश्यक परामर्श गरि उपचार सेवा समेत प्रदान गरिनेछ ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले आँखा उपचार केन्द्रको उद्घाटन गरेका थिए । नेपाल नेत्रज्योति संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव तथा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य भूपेन्द्र थापाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।