Skip to main content

क्षमताभन्दा बढी कैदीबन्दी हुदा बैतडी कारागारमा व्यवस्थापनमा समस्या

Submitted by editor on
ईबिगुल संवाददाता
क्षमताभन्दा बढी कैदीबन्दी

बैतडीः बैतडीको कारागार कर्यालयमा क्षमता भन्दा बढी कैलिबन्दी हुुँदा व्यबस्थापनमा समस्या भएको छ।

कारागार कर्यालय बैतडीले धेरै बर्षदेखि क्षमताभन्दा बढी कैदीबन्दीको व्यवस्थापन गर्नुपरिरहेको कारगार कार्यालयकी प्रमुख धारा भण्डारीले बताइन्। कारागार कार्यालय बैतडीमा २५ जना क्षमताको बन्दीगृह रहेको छ तर त्यहाँ ६३ जनालाई राखिएको छ। कारागार बैतडीको बन्दीगृहमा १५ जना पुरुष र १० जना महिला गरेर २५ जनाको क्षमता रहेको छ। तर अहिले बन्दी गृहमा ५३ जना कैदीबन्दी र १० जना थुनुवा गरेर ६३ जना रहेका छन्।

२५ जनाको क्षमता भएको बन्दी गृहमा ६३ जनाको व्यवस्थापन गर्नुपरिरहेको भण्डारीले बताइन्। उनले भनिन् ‘कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा बसाई व्यवस्थापनमा निकै समस्या भएको छ।’महिला बन्दीहरुलाई डडेल्धुरा पठाउने गरिएको छ। बन्दी व्यवस्थापनका लागि समस्या हुँदा महिला बन्दीहरुलाई डडेल्धुरा पठाउने गरिएको उनले बताइन्।