Skip to main content

अनलाइन टिभी पत्रकार संघ कैलालीको अध्यक्षमा : आलोक

Submitted by editor on
ईबिगुल संवाददाता
नयाँ कार्यसमिति

धनगढी : अनलाइन टिभी पत्रकार संघ नेपाल, कैलालीको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट आलोक जङ्ग साउँद अध्यक्षमा चयन भएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा रमेश ऐडी, सचिवमा रमित पाण्डे, सहसचिवमा तिलखराज ढुङ्गाना र कोषाध्यक्षमा मञ्जु भण्डारी चयन भएका छन् । समितिमा थप ४ जना सदस्यमा समावेशी तर्फ सागर चौधरी, प्रेम कामी, खुला तर्फ यज्ञराज अवस्थी, गणेश बिष्ट मनोनित भएका छन् । प्रथम अधिवेशनबाट अनलाइन टिभी पत्रकारको हकहितमा काम गर्ने उद्देश्यसहित कमिटी गठन गरिएको हो ।