Skip to main content

महाकाली करिडोर तीन वर्षभीत्र चीनसँग जोडिने काँग्रेसका प्रमुख सचेतक रमेश लेखकको दाबी

Submitted by editor on
सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकश बहादुर देउवाले महाकाली कोरिडोर कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुल्ला जिल्लाको लागि रुपान्तरणकारी आयोजना भएको बताए ।
ईबिगुल संवाददाता
महाकाली करिडोर

धनगढी : पुर्व भौतिक पुर्वाधार मन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाकाली करिडोरको छिटो निर्माणका लागि सरकार लागि परेको बताएका छन । आईतबार ब्रम्हदेव देखि डडेल्धुरा खण्डको निरिक्षणका क्रममा नेता लेखकले यस्तो बताएका हुन ।

‘पश्चिम नेपालको चीनसँगको नाका जोडनका लागि महाकाली करिडोर महत्वपूर्ण छ । अहिले दार्चुला भन्दा माथि सेनाले करिडोर निर्माण गरिरहेको छ भने ब्रम्हदेव भन्दा माथिको खण्डमा यसवर्ष ५ किलोमिटर कालोपत्रेको योजना रहेको छ’ उनले भने ।

प्रमुख सचेतक लेखकले आगामी ३ वर्षभीत्र दोधाराचाँदनी देखि चीनको ताक्लाकोट जोडने गरी महाकाली करिडोर सम्पन्न गरिने दाबी गरे । तर महाकाली करिडोरको पछिल्लो प्रगती भने न्युन रहेको छ । 

ब्रम्हदेब जिरोप्वाईन्ट रहेको महाकाली करिडोरको अझै धेरै स्थानका ट्रयाक पनि बन्न सकेको छैन । अनुगमनका क्रममा सुदुरपश्चिम प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश बहादुर देउवाले महाकाली कोरिडोर कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुल्ला जिल्लाको लागि  रुपान्तरणकारी आयोजना भएको बताए ।

ब्रम्हदेव–जोगबुडा ३२ किलोमिटर क्षेत्रको प्रमुख सचेतक लेखक, प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला मन्त्री शिवराज भट्ट, प्रदेश सभा सदस्यहरु ओमविक्रम भाट, प्रकाश रावल, बेल बहादुर राना, मधु भारती सहितले निरिक्षण गरेका हुन ।  

आयोजना प्रमुख ईन्जिनियर लक्ष्मण जोशले महाकाली कोरिडोर अन्तर्गत डडेल्धुराकोअन्तर्गत साँदनी देखि कुडा सम्मको ५ किलोमिटर सडक यसै आर्थिक वर्षमा कालोपत्रे हुने बताए । उनले दार्चुला खण्डमा ३२ किलोमिटरको ट्रयाकको ठेक्का भएको बताए ।

महाकाली करिडोर निर्माण भएपछि सुदुरपश्चिम  प्रदेशको आर्थिक गतिबिधी, धार्मिक गतिविधि, बिकास, समृद्धि  र समुन्ती हुने विश्वास लिईएको छ ।