Skip to main content

डोटीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु, एक घाईते

Submitted by editor on
ईबिगुल संवाददाता
बँदेल

डोटी : डोटीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको केआइसिंह गाउँपालिका–१ बसिना भन्ने स्थानकी ३५ वर्षीया जगुलीदेबी भुलको बदेलको आक्रमणबाट मृत्यु भएको हो । मंगलबार विहान ७२ वर्षीय भगी भुल र जगुलीदेबीलाई बँदेलले आक्रमण गरेको थियो । 

दुबै जनालाई उचारका लागि अस्पताल पुगाउने क्रममा जगुलीदेबीको बिच बाटोमै मृत्यु भएको जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर निराजन श्रेष्ठले बताए । जगुलीदेबीको टाउँको र दुबै खट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक सीताराम विष्टले बताए । 

भगी भुलको भने टाउँकोमा सामान्य चोट लागेको छ । विहान ९ बजे घर नजिकैको खेतमा घास काट्ने क्रममा बदेलले आक्रमण गरेको थियो ।