Skip to main content

खैरो हेरोइनसहित धनगढीका एक युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
खैरो हेरोइन

धनगढीः धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीले संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो। मंगलवार अपराह्न करिब ४ बजे धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा भारततर्फबाट नेपाल आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ४०८१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी–११ बस्ने २९ वर्षीय सन्त राम राना पक्राउ परेका हुन्।

रालाले चलाएको लेग गार्डमा लुकाइ छिपाइ राखिएको अवस्थामा ६ ग्राम ८३० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थसहित मोटरसाइकल र रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।