काठमाडौं : जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो। १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।
उनले प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निशुल्क उपचार, आन्दोलनमा मृतक हुनेलाई शहिद घोषणा गर्ने र उनीहरुलाई प्रतिव्यक्ति १० लाख दिने निर्णय भएको छ। उनका अनुसार अधिकांश जिल्लाका सरकार र नीजी भवनमा तोडफोड भएको छ।