Skip to main content

कैलाली प्रशासनले टेन्ट गाडेर अत्यावश्यक सेवा दिने

Submitted by editor on
ईबिगुल संवाददाता
cdo

धनगढी : जेनजी आन्दोलनका क्रममा भएको आगजनी भौतिक संरचना ध्वस्त बनेपछि ठप्प रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले भोलि (आईतबा) देखि अत्यावश्यक सेवा सुचारू गर्ने तयारी गरेको छ ।

आगजनीले सबै भौतिक संरचना, सरसामान तथा कागजपत्र जलेर नष्ट भएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले टेन्ट गाढेरै भएपनि अत्यावश्यक सेवा सुचारू गर्ने तयारी गरेको प्रशासकीय अधिकृत एवंम् सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार आगोले जलेर खण्डहरमा परिणत भएको प्रशासन कार्यालय परिसरमा शनिबार सरसफाइ गरिएको छ । सेवा सञ्चालन गर्न दाताले कम्प्युटर, प्रिन्टर, स्क्यानर लगायतका नभइ नहुने सामान उपलब्ध गराउने वचन दिएकाले टेन्ट गाढेर भएपनि अत्यावश्यक सेवा सुचारू गर्न लागिएको जोशीले बताए ।

उनकाअनुसार तत्काललाई नागरिकता र विभिन्न खालका सिफारिस सम्बन्धिका सेवा सञ्चालन गर्ने तयारी छ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले लगाएको आगोले जिल्ला प्रशासन कार्यालयको पूरानो भवन जलेर ध्वस्त भएको छ भने नयाँ भवनमा रहेका भौतिक संरचना, कागजपत्र तथा अन्य सरसामान पनि जलेर नष्ट भएका छन् ।