Skip to main content

चोरीका सामान नकिन्न कैलाली प्रहरीको अपिल, फिर्ता गर्नेलाई सम्मान

Submitted by editor on
ईबिगुल संवाददाता
chori

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले जेनजी युवाहरुले भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा चोरी गरिएका सामान नकिन्न व्यापारीहरूलाई अपिल गरेको छ ।

प्रहरीले एक प्रेस विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शनको क्रममा कैलाली जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरे पश्चात् उक्त कार्यालयहरूमा रहेका कम्प्युटर, प्रिन्टर, ल्यापटप, दराज, कुर्सी, टेबल, पङ्खा, एसी, ब्याट्री लगायतका जिन्सी, बहुमूल्य वस्तु तथा सराकारी माल समानहरू चोरी तथा लुटपाट गरी बजारमा लगी खरिद बिक्री नगर्न अपिल गरेको हो ।