Skip to main content

दार्चुलामा बस दुुर्घटना, १५ जना घाईते, उद्धार जारी

Submitted by editor on
ईबिगुल संवाददाता
यात्रु्बाहक बस

दार्चुला : दार्चुलाबाट महेन्द्रनगरका लागि छ्टेको महाकाली यातायातको यात्रु्बाहक बस केही बेरअघि दार्चुलामै दुुर्घटना भएको छ । सुुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुुबाहक बस दार्चुलाको मकाहाली नगरपालिका वडा नम्बर ५ फोहर फाल्ने ठाउँ नजिकै सडकबाट महाकालीतिर खसेको हो । 

प्रारम्भीक जानकारी अनुसार बसमा सवार १५ जना घाईते भएको जानकारी प्राप्त भएको छ । घाईतेहरु सबैलाई जिल्ला अस्पताल दार्चुला लगिएको प्रहरीले जनाएको छ । घाईते मध्ये २ जना गम्भिर रहेको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले विस्तृत जानकारी आउन सकेको छैन ।