Skip to main content

चुरे पर्यटन विकासका लागि पर्यटन प्रवर्द्धन यात्रा

Submitted by editor on
ईबिगुल संवाददाता
pp

धनगढी : बसर युवा क्लव चुरेको आयोजनामा “कृषि र पर्यटन प्रवन्धनका साथै लागू पदार्थविहीन युवा, समृद्धि चुरे” भन्ने मुल नारासहित चुरे पर्यटन प्रवर्द्धन यात्रा–२०८२ सम्पन्न भएको छ।

धनगढीवाट सुरु भएको साइकल यात्रा गोदावरी नगरपालिकाको गोदावरी पुलमा पुगेर सम्पन्न भएको हो। गोदावरी पुल परिसरमा सरसफाइ कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

क्लवका अध्यक्ष गणेश देउवाले चुरे गाउँपालिकालाई पर्यटन क्षेत्रका रूपमा परिचित गराउने तथा कृषिको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

साइकल यात्रा लागुऔषध विरुद्धको अभियानको रूपमा सञ्चालन गरिएको निरज महराले बताए। उनका अनुसार पछिल्लो समय क्लवले युवालाई कुलत मुक्त बनाउन विभिन्न गतिविधि गर्दै आएको छ। विगतमा वृक्षारोपण, भलिवल तथा फुटबल प्रतियोगिता, पर्यटन प्रवर्द्धन, साइकलिङलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस पटकको सरसफाइ कार्यक्रममा गोदावरी अस्थायी ट्राफिक प्रहरी र अस्थायी प्रहरी पोस्टले समेत सहयोग गरेको क्लवले जनाएको छ।