Skip to main content

दार्चुला बस दुर्घटनामा घाईतेको संख्या १६ पुग्यो, सबैको परिचय खुल्यो

Submitted by editor on
ईबिगुल संवाददाता
बस दुर्घटना

दार्चुला : दार्चुलामा भएको महाकाली यातायातको बस दुर्घटनाका सबै घाईतेको परिचय खुलेको छ । आज विहान साढे ५ बजे महेन्द्रनगरका लागि छुुटेको महाकाली यातायातको यात्रु्बाहक बस दार्चुुला सदरमुकाम देखि ५ किलोमिटर गोकुुलेश्वर तर्फ दुर्घटना भएको थियो । 

सुुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुुबाहक बस दार्चुलाको मकाहाली नगरपालिका वडा नम्बर ५ फोहर फाल्ने ठाउँ नजिकै सडकबाट २० मिटर तल खसेका थियो । उक्त बसमा १६ जना घाईते भएको र उनीहरुको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएका प्हरीले जनाएको छ । अन्य १५ जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । 

घाईतेहरु
१) बैतडीको पाटन नगरपालिका–१० खोड्पे बस्ने १७ वर्षको लक्ष्मण महरा
२) बैतडीको दशरथचन्द नगरपालिका–४ खलंगा बस्ने २४ वर्षीय प्रशान्त पौडेल
३) दुहुँ गाउँपालिका– ५ बस्ने २३ वर्षीया कमला बम
४) कमला बमको ४ वर्षीय छोरा हिमान्सु बम
५) महाकाली नगरपालिका–५ बस्ने ६० वर्षीया पशुपति टमटा
६) अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरी बस्ने १७ वर्षीय भरत धामी
७) महाकाली नगरपालिका– ५ बस्ने १९ वर्षीया निरुता ओड
८) महाकाली नगरपालिका– १ बस्ने ३१ वर्षीय लालसिंह कार्की
९) बैतडीको मेलौली नगरपालिका–६ बस्ने २८ वर्षीय तारादत्त ओझा
१०) कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बस्ने ३६ वर्षको महेश भट्ट (चालक)
११) मार्मा गाउँपालिका–६ बस्ने ४० वर्षीय नरेन्द्र धामी
१२) दुहुँ गाउँपालिका–३ बस्ने ३५ वर्षीय भरतसिंह कार्की
१३) शुक्लाफाँटा नगरपालिका– १० झलारी बस्ने २५ वर्षीय जनक ठगुन्ना
१४) शुक्लाफाँटा नगरपालिका–१० बस्ने २४ वर्षीय भुवन ठगुन्ना