Skip to main content

अछामको कमलबजारका चार हजार घरमा प्रहरीको स्टिकर

Submitted by editor on
अछामको कमलबजार नगरपालिकाका ३ हजार ८९३ स्थानीयका दैलोमा प्रहरीले स्टिकर टाँस गरी गाउँघरको आपराधीक क्रियाकलाप, दैविप्रकोप र शान्ति सुरक्षाको हरेक खबर प्रहरीलाई गर्न अनुरोध गरेको छ ।
ईबिगुल संवाददाता
स्टिकर

अछाम : गाउँमा भएको अपराध सहजै प्रहरीसँग पुुगोस भनेर ईलाका प्रहरी कार्यालय कमलबजारले स्थानीयको घरमा प्रहरीको नम्बरयुक्त स्टिकर लगाउने कार्य सकेको छ । अछामको कमलबजार नगरपालिकाका ३ हजार ८९३ स्थानीयका दैलोमा प्रहरीले स्टिकर टाँस गरी गाउँघरको आपराधीक क्रियाकलाप, दैविप्रकोप र शान्ति सुरक्षाको हरेक खबर प्रहरीलाई गर्न अनुरोध गरेको छ ।

कमलबजार नगरपालिकाका १० वटै वडाका ३ हजार ८९३ घरहरुमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस गरि सकिएको ईलाका प्रहरी कार्यालय कमलबजारमा प्रमुुख प्रहरी निरिक्षक विरेन्द्र जोहारीले बताए ।

‘प्रहरी मेरो साथी भन्ने नारा छ तर गाउँका सूचनाहरु न्युन मात्रामा प्रहरीकोमा पुुग्छन । गाउँमा प्रहरी जाने वित्तिकै मानिसहरुमा किन आयो ? कसलाई लैजान आयो भन्ने सोच छ । हामीले प्रहरी जनताको जीउधनको सुरक्षाका लागि जिम्मेवारी पाएको राष्ट्रसेवक हो भन्ने भावना जागृत गराउने प्रयास गरेका छौ’ प्रहरी निरिक्षक जोहारीले भने । 

‘गाउँघरमा हुने अधिकांस घटना प्रहरीकोमा पुग्दैनन । मदिरा सेवन गरी हुने झैझगडा होस वा महिला हिंसा वा अरु कुनै कुटपिट । कतिपय जघन्य प्रकृतीका अपराधका घटना पनि प्रहरीकोमा नपुगेर गाउँमा दबाईन्छन, त्यो नहोस भने हामीले फोन नम्रब सहितको स्टिकर टाँस गरेका हौं, स्थानीय खुसी भएका छन’ प्रहरी निरिक्षक जोहारीले भने । 

जोहारी देउडा गायक पनि हुन । प्रहरी सेवामा केही नौलो गर्न रुचाउने उनले धनगढीमा ट्राफिक प्रहरीको कमाण्ड सम्हालेपछि उनले विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई ट्राफिक नियमको जनचेतना फैलाउने काम गरेका थिए । 

उनले काठमाण्डौं उपत्यका बाहिर धनगढीमा पहिलो पटक ट्राफिक नियमको उलंघन गर्नेहरुलाई अनिवार्य रुपमा कक्षा लिनुपर्ने नियम लगाएका थिए । उनको कार्यकालमा ट्राफिक नियमको उलंघन गरेका करिब २ हजार जनालाई ट्राफिक नियमको चेतनामूलक कक्षा दिईएको थियो । कमलबजार प्रहरीले पुस १८ गतेदेखि स्थानीयको घर÷घरमा प्रहरीको नम्बर भएको स्टिकर टाँस गर्ने अभियान सुरु गरेको थियो ।