Skip to main content

गोदावरीको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री देउवा

Submitted by editor on
कैलालीको गोदावरीमा बाह्रराशी दर्शन मकर मेला सम्पन्न
ईबिगुल संवाददाता
प्रकाश बहादुर देउवा

धनगढी : सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले गोदावरी धामको दीर्घकालिन विकासका लागि गुरुयोजना अनुसार प्रदेश सरकारले बजेट छुट्याउने बताएका छन । 

महाकुम्भस्थल कैलालीको गोदावरी धाममा लागेको बाह्र राशी मकरमेलाको समापान गर्दै मन्त्री देउवाले यस्तो बताएका हुन । १२ दिनसम्म चलेको मकर मेलाको मन्त्री प्रकाश देउवाले गरेका हुन । 

‘साउनमा आएको बाढीले गोदावरीमा क्षती पुुगेको छ । त्यसका धेरै संरचना पनि बनिसकेका छन । प्रदेश सरकार गुरुयोजना अुनुसार काम गर्न तयार छ’ मन्त्री देउवाले भने । ‘प्रदेश सरकार धर्मिक एवं साँकृतिक क्षेत्रको पहिचान, संरक्षण, सम्वर्धन गर्न, धार्मिक पर्यटन सँग जोडेर बिकास गर्ने रणनीतिमा छ ।’

उनले बाह्रराशी दर्शन मकर मेलाको भौतिक र आध्यात्मिक बिशिष्ट महत्व रहेको बताए । उनले सुदूर पश्चिम प्रदेशको पवित्र देव भूमिको प्रसिद्ध तिर्थस्थल गोदावरी धाम नेपाल र भारतका विभिन्न स्थानबाट भक्तालु तथा दर्शनार्थीहरुको अस्थाको केन्द्र बन्दै गएकाले यस्ले धार्मिक पर्यटनलाई समेत टेवा पु¥याएको बताए । 

मेला मुल आयोजक समितिका संयोजक पदमराज जोशीले प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भमेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतीकको रुपमा बाह्र राशि दर्शन मकर मेला आयोजना गरिएको बनाए । 

यसका लागि धाममा बाह्रराशिको स्थापना गरी प्रत्येक राशिका व्यक्तिहरुलाई दर्शन तथा यहाँ स्थापना गरिएको कुम्भवाटिकामा बाह्र राशि र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाई दर्शन एवं पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए ।