Skip to main content

प्रदेश सरकारका योजनाहरुमा अब छुट्टै कलरकोड हुने

Submitted by editor on
ईबिगुल संवाददाता
कलरकोड

धनगढी : सुदूूरपश्चिम प्रदेश सरकारले प्रदेश सरकारवाट निर्माण र सञ्चालनमा रहेका आयोजनाहरुका लागि आफ्नै मौलिक कलरकोड लागु गरेको छ । प्रदेश सरकारले पहिलो पटक कलर कोड सहित योजना वोर्ड लागुु गरेको हो । 

यसैबीच सुदूूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले आईतबार डोटीमा रहेको योजनाहरुको कलरकोडको निरिक्षण गरेका छन । पुर्वाधार मन्त्रीमा देउवा आएपछि पहिलो पटक कलरकोड लागुगर्ने निर्णय भएको हो । 

प्रदेश सरकार मातहतका विकास निर्माणका आयोजनाको कोड सहित सुचना बोर्ड लगाउने निर्णय अनुसार  प्रदेश सभा सदस्य चक्र मल्ल र शिव सिह ओली सहितको टोली सहित मन्त्री देउवाले त्यसको निरिक्षण गरेका हुन । 

डोटी जिल्लाबाट खप्तड जाने सिलगढी–झिग्राना सडकमा सुरु गरिएको कलर कोडको निरक्षण गरिएको छ ।  तीन तहका सरकार भएको अवस्थामा स्थानीय, प्रदेश र संघले बनाएका योजनाहरु चिनिन सजिलो होस भनेर यस्तो गरिएको मन्त्री देउवाले बताए । उनले प्रदेश सरकारलाई जनताले बुझ्ने र जान्ने यो महत्वपूर्ण कार्य भएको बताए ।