Skip to main content

सुदूरपश्चिममा यस हिउदकै पहिलो हिमपात (फोटो फिचर)

Submitted by editor on
ईबिगुल संवाददाता
हिमपात

धनगढी : लामो समय देखि खडेरी परेको सुदूरपश्चिममा हिमपात र  बर्षा सुरु भएको छ । पहाडि जिल्लामा हिमपात सुरु भएको छ भने तराईका जिल्लामा पानी पर्न सुरु भएको छ । 

सुदूरपश्चिममा बुुधबार राती देखि वर्षा र हिमपात सुरु भएको हो । सुदूरपश्चिमका दार्चुला, बैतडी, बझाङ, डोटी र डडेल्धुरामा हिमपात सुरु भएको हो । 

धर्तीको स्वर्ग खप्तडमा बाक्लो हिमपात भएको पर्यटन ब्यवसायी दिपक बहादुर खडकाले बताए । बैतडीको खोडपे आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको पत्रकार अमर भट्टराईले बताए । 

खप्तड क्षेत्रमा तीन फिट हिउँ परेको छ । खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको बताए । 

उनले खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको बताएका छन । अहिले पनि खप्तड क्षेत्रमा हिमपात जारी रहेको छ । बाजुरा प्रहरीका अनुसार उच्च हिमाली भू–भागहरूमा वर्षासँग हिमपात हुँदैछ ।

जिल्लामा पाँच महिनापछि हिमपात सुरु भएको हो । बुधवार रातिदेखि जिल्लामा वर्षासँग उच्च क्षेत्रमा हिउँ पर्न थालेको बाजुरा प्रहरीले बताएको छ । 

वर्षा र हिमपातका कारण ग्रामीण क्षेत्रका सडकसमेत अवरुद्ध हुन थालेका छन । सुदूर पहाडमा हिमपात सुरुभएसँग चिसो बढेको छ ।
बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या क्षेत्र, स्वामिकात्र्तिक खापर गाउँपालिका, बुढीनन्दा नगरपालिकाको कोल्टीको कुरु, पाण्डुसैन, खप्तड छेडेदह गाउँपालिकाको काँडा, रान, आटीचौर, बडीमालिकाको ढम्कने, गौमुल गाउँपालिकाको अम्लीस, पातेगर्जे, तल्दुगन, मल्गुदनमा हिमपात हुँदैछ । 

बडीमालिका र बूढीनन्दा नगरपालिकाको सीमाना पोरखे लेकमा बाक्लो हिमपात भएको छ ।
सबै तस्बिरहरु : दिपक बहादुर खडका