Skip to main content

कैलालीका राहुललाई एमविविएस भर्नागर्न भन्दै चिकित्सा शिक्षा आयोगलाई सामाजिक विकास मन्त्रालयको पत्र

Submitted by editor on
ईबिगुल संवाददाता
 चिकित्सा शिक्षा आयोगलाई सामाजिक विकास मन्त्रालयको पत्र

धनगढी : एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका र प्रदेश सरकारको आर्थिक छात्रवृत्ति पाएर पनि शुल्क तिर्न नसकेर भर्ना छुटेका कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम प्रदेश सरकारले तिरिदिने भएको छ । 

सामाजिक विकास मन्त्रालयले तिर्ने सोमबार चिकित्सा शिक्षा आयोगलाई पत्र लेखेर त्यो रकम उनको पुरै रकम प्रदेश सरकारले तिर्ने र उनलाई कुनै पनि कलेजमा भर्ना गरिदिन पत्रचार गरेको छ । 

‘साहुल सुदूरपश्चिम प्रदेश सरकारले दिने ९ जना छात्रबृत्री कोटाम उत्तीर्ण भएका र उनको सम्पूर्ण पढाई खर्च प्रदेश सरकारले ब्यहोर्ने भएकाले जुनसकै कलेजमा पनि भर्ना गरि अध्यापनको ब्यवस्था मिलाई दिन अनुरोध छ’ सामाजिक विकास मन्त्रालयले चिकित्सा शिक्षा आयोलाई लेखेको पत्रमा उल्लेख छ ।

राहुलले आयोगको एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गर्ने छात्रवृत्ति कोटामा पनि उनी छनोट भएका थिए । तर मन्त्रालयको लापर्वाहीका कारण राहुलको भर्ना म्याद मै हुन सकेको थिएन ।

विपन्न परिवारका राहुलका परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैंले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था थिएन । राहुल युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट भएका थिए । 

सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो । उक्त टिचिङ हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कूल शुल्कमा १५ लाख भर्ना हुने बेला नै बुझाउनु पर्ने भनेको थियो । तर राहुल परिवारले पैसाको जोहो गर्न नसकेर भर्ना नै छुटेको थियो ।