Skip to main content

खडेरीको असर : पानी र हिमपात पछि सुदूरपश्चिममा बल्ल हिउदे खेती

Submitted by editor on
पदमबहादुर सिह
 हिउदे बाली

बाजुरा : पाँच महिला देखि परेको खडेरीका कारण हिउदे बाली लगाउन नपाएका किसानहरु माघमा आएर हिउदे बाली लगाउन थालेका छन । असोज पछि सुदूरपश्चिममा हिउदे वर्ष भएको थिएन । 

माघ १८ गते देखि सुदूरपश्चिमको उच्चहिमाली क्षेत्रमा हिमपात र बेसी तिर पानी परेपछि हिउदे बाली लगाउन नपाएका किसानहरुले बालि लगाउन थालेका हुन । बाजुराको गौमुल गाउँपालिका–६ बसालाका, स्वामीकार्तिक खापर गाउपालिकाको साप्पाटा, हिमाली गाउपालिकाका बोर्ता रुगीन, फैतिका किसानहरु हिउदे बालि लगाउन थालेका हुन । 

वर्षा र हिमपातको पर्खाइमा रहेका किसानहरु जौ र गहुँ छर्न थालेका छन । गौमुल गाउपालिका ६ बसालाका किसान हिमाल थापाले सुख्खा खडेरीकाकारण हिउँदे बाली जौ र गहुँ छर्न सुरु गरेको बताए । 

यस अघि नै जौ गहुँ छरिसकेका किसानहरुको खेतको बालि सुकिसकेको थियो ।उनीहरुले पनि पुनः बालि लगाउन थालेका हिमाली गाउपालिकाका किसान छप्की बुढ्थापाले बताए ।

पर्याप्त सिँचाइ सुविधा नभएको भिरालो जमिन भएका कारण पहाडि जिल्लाका विभिन्न ठाउँमा लगाएको गहुँ र तरकारी बाली सुकिसकेको थियो । 

आकाशे पानीको भरमा लगाएको गहुँ र तरकारी बाली पानी नपरेका कारण सुकेको भएपनि वर्षा र हिमपातपछि राहत महसुस भएको किसानले बताएका छन । बाजुराका ८० प्रतिसत जमिनमा किसान आकाशे पानीको भरमा खेती गरिन्छ । 

बाजुराको कुलमा कुल २ लाख ३० हजार ३७ हेक्टर क्षेत्रफलमा २६ हजार १ सय ६० हेक्टर खेतीयोग्य जमिन रहेको छ । जिल्लामा १० हजार ४ सय ६० हेक्टर जमिनमा जौ, गहुँ खेती गरिँदै आएको छ । 

कुलउत्पादनको ११ दशमलब ३७ प्रतिशत मध्ये २० प्रतिशत अर्थात् ५ हजार २ सय ४५ हेक्टर जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ भने बाँकी ८० प्रतिशत अर्थात् झण्डै १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा नहुँदा आकासे पानीको भरमा खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकमा उल्लेख छ ।

मंसिरलागेसंगै जिल्लाकाअधिकांशकिसानहरु मुख्यबालीधान, मकै लगायत खेती उठाएर खेत बारीमाहिउँदे बालीलगाउने तयारीमा जुट्ने गर्दछन् । तर यो वर्ष ढिलो गरी वर्षा र हिमपातभएको छ ।

जिल्लाज्ञान केन्द्र बाजुराकाप्रमुखमीन प्रसाद जैशीकाअनुसार ढिलोमामंसिर १५ गते भित्रउच्च पहाडी क्षेत्रमागहु जौ छरी सक्नु पर्ने हुन्छ । प्राबिधिकहिसामले मंसिर १५ गते भित्र छरेको बाली राम्रो हुने हुन्छ । पानीनपरेपछि ढिलो गरी बर्षा सुरु भएकोले किसानले जग्गाबाझो रहनु भन्दाविउभागआएपनिभन्ने हिसाबले किसानहरु बाली छर्न थालेका छन् ।