Skip to main content

कैलालीको त्रिनगर माविमा एसईई आइडलको अडिसन सम्पन्न

Submitted by editor on
ईबिगुल संवाददाता
एसईई आइडल

धनगढी : कैलालीको त्रिनगर माविमा  एसईई आइडलको अडिसन सम्पन्न भएको छ । तेस्रो संस्करणको २५ औँ अडिसन धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा शुक्रवार सकिएको आयोजकले जनाएको छ । 

प्रदेश युवा परिषद् एसईई आइडलको अडिसनमा ७ जनाले गायन र ६ जनाले नृत्य गरि कूल १३ जनाले प्रस्तुति पस्केका छन् । अडिसनमा सहभागी प्रतिस्पर्धीहरूलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निःशुल्क रुपमा वितरण गरिएको छ ।

आउँदो हप्ताबाट पहाडी जिल्लामा अडिसन हुने आयोजकले जनाएको छ । अछामको साँफेबगरमा रहेको जनकल्याण मावि र बाजुराको मार्तडीमा रहेको मालिका नमूना माविमा अडिसन आयोजना हुने बताईएको छ ।

सुदूरपश्चिमका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन । यस वर्ष एसईई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन । यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन । असोजदेखि फाल्गुनसम्म सुदूरपश्चिमका ९ जिल्लाहरूमा अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन ।

नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरूले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरूले २०८१ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन ।