Skip to main content

पूर्व प्रधानमन्त्री ओलीद्वारा बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन (तस्बिरहरु)

Submitted by editor on
ईबिगुल संवाददाता
भवनको उद्घाटन (तस्बिरहरु)

बौनीया (कैलाली) : एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । 

आर्थिक वर्ष २०७६÷०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५ वर्ष पछि सम्पन्न भएको हो ।

६ करोड १७ लाख लागतमा निर्माण भएको ५० कोठे भवन १५ महिनामा सम्पन्न गर्ने गरी श्यामसुन्दर निर्माण सेवाले २०७६ को साउनमा ठेक्का सम्झौता गरेको थियो ।

स्थानीय तह स्थापनादेखि भाडाको घरमा कार्यालय सञ्चालन गरेको गाउँपालिकाले यतिबेला भने आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।